Logo

कोरोना संक्रमित ओलीको स्वास्थ्य अवस्था सामान्य



काठमाडौँ, ११ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । एमालेको आधिकारिक फेसबुक पेजमार्फत उनको अवस्था सामान्य रहेको जानकारी गराइएको हो ।

केहिदिन अगाडि उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण भएपछि उनी आफ्नो निजी निवास बालकोट मै आराम गरिरहेका थिए । फेसबुक पेजमार्फत पार्टीका अध्यक्ष ओलीको स्वास्थ्यलाभको कामना गर्ने सबैलाई हार्दिक धन्यवाद दिइएको छ ।

 



प्रतिक्रिया दिनुहोस्