काठमाडौं, ११ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री सुनिलबहादुर थापालाई कोरोना संक्रमण भएको छ । संक्रमित भएपछि थापा अहिले घरमै आराम गरिरहेका छन् ।
हिजो उनले कोरोना परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको पारिवारिक स्रोतले जनाएको छ । उनले यो बीचमा आफूसँग सम्पर्कमा आएकाहरुलाई आवश्यक सचेतता अपनाउन पनि आग्रह गरेका छन् ।
पछिल्लो समय कोरोना संक्रमण दिनप्रतिदिन बढिरहेको छ । आजमात्रै १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको सरकारले जनाएको छ । file photo