Logo

निर्वाचनबारे जनतामा भ्रम नछर्न एमालेलाई सरकारको आग्रह (भिडिओसहित)



काठमाडौं, १२ माघ । निर्वाचनबारे भ्रम नछर्नको लागि सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) लाई आग्रह गरेको छ। मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् । उनले आवधिक निर्वाचनप्रति सरकार जिम्मेवार रहेको प्रतिक्रिया दिए ।

उनले संविधानबमोजिम समयमै निर्वाचन हुने बताए । उनले भने,‘कानुनविदहरुले संविधानसँग बाझिएका कानून संशोधन गरेर संविधान अनुकुल बनाउन सुझाव दिनुभएको छ । सरकार अझैपनि यसबारे परामर्शमै छ । उपयुक्त समयमा निर्णय लिन्छौं ।’

उनले प्रमुख प्रतिपक्षी दल एमालेलाई निर्वाचनबारे भ्रम नछर्न आग्रह गर्दै भने,‘निर्वाचन राष्ट्रिय सरोकारको विषय हो । प्रमुख प्रतिपक्षले राजनीति गर्नकै लागि निर्वाचनबारे जनतालाई भ्रममा पार्नु जरुरी छैन । सरकारले संविधान अनुसार सबै निर्वाचन सम्पन्न गर्नेछ ।’

Photo & Video By: Mukunda Kalikote/ReportersNeal



प्रतिक्रिया दिनुहोस्