Logo

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी



काठमाडौं, १३ माघ । शेयर बजारमा आज ३ अर्बको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । कम्पनीको आज २० करोडमाथि शेयर कारोबार भएको नेप्सेले जनाएको छ । कम्पनीको शेयर मुल्य ११ सय ३१ रुपैयाँ कायम भएको छ ।

नेप्सेको अनुसार नेपाल टेलिकमको ११ करोड ४७ लाख रुपैयाँको आज कारोबार भएको छ । त्यस्तै, अपि पावर कम्पनीको ११ करोड १७ लाख कारोबार भएर प्रतिशेयर मुल्य ५ सय १७ रुपैयाँ कायम भएको छ ।

यसैगरी, शिखर इन्स्योरेन्स कम्पनीको १० करोड ९९ लाख रुपैयाँको आज कारोबार भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्