एजेन्सी, १३ माघ। पाकिस्तान क्रिकेटर साहिद अफ्रिदीलाई कोरोना संक्रमण भएको छ। हिजो (बुधबार) गरिएको परीक्षाको रिपोर्ट पोजिटिभ आएको पाकिस्तान सुपर लिग (पीएसएल)को फ्रेन्चाइजी टोली क्वेटा ग्लाडियटर्सले जनाएको हो।
पीएसएलमा उनी ग्लाडियटर्सलाई प्रतिनिधित्व गर्नेछन्। ग्लाडियटर्सले जनाएअनुसार अफ्रिदी होम क्वारेन्टाइनमा बस्नेछन्। एक सातापछि रिपोर्ट नेगेटिभ आए उनी पुनः टोलीमा आवद्ध हुने जनाएको छ। अफ्रिकीले गत वर्ष काठमाडौंमा भएको एभरेस्ट प्रिमियर लिग काठमाडौं किंग्स–११ बाट खेलेका थिए।-Photo: Agency