Logo

देउवा, प्रचण्ड र नेपालबीच के के कुरा भयो ?



काठमाडौं, १४ माघ । सत्ता गठबन्धनका प्रमुख घटकका तीन नेताहरुबीच निर्वाचनबारे महत्वपूर्ण कुराकानी भएको छ । आज विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावबारे छलफल गरेका हुन् ।

विश्वस्त स्रोतका अनुसार देउवाले तीन तहको चुनाव २०७९ सालभित्र गर्नुपर्नेमा कहिले गर्नेबारे सुझाव मागेका थिए । प्रचण्डले तीन तहकै चुनाव एकैपल्ट गर्दा खर्च पनि बच्ने विषय राखेको बुझिएको छ । उनले पहिले प्रतिनिधि सभाको चुनाव गर्नुपर्ने या सँगै गर्नुपर्ने प्रस्ताव राखेको स्रोतले बतायो ।

माधवकुमार नेपालले फागुनमा तीनवटै तहको चुनाव एकैपल्ट गर्नेबारे प्रस्ताव राखेका थिए । उनले चुनाव एकैपल्ट गर्दा खर्च बच्ने विषय पनि राखेका थिए ।

देउवाले भने यसबारे अझै गम्भीर छलफल गरेर बढ्नुपर्नेमा जोड दिए । उनले ऐन कानूनको विषयबारे पनि भविष्यमा आउने चुनौतीबारे पनि ध्यान दिनुपर्नेबारे कुरा राखेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्