Logo

ऋषि धमलासँगको अन्तर्वार्तामा रमेश लेखकले बोलेको विषयमा कांग्रेसमा खैलाबैला



काठमाडौं, १४ माघ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री रमेश लेखकले पत्रकार ऋषि धमलासँग दिएको अन्तर्वार्ताको विषयले पार्टीभित्र अहिले तरंग पैदा भएको छ । लेखकले बोलेको विषयमा पार्टी सभापति शेरबहादुर देउवाले समेत चासो लिएको स्रोतले जनाएको छ।

हिजो (बिहीबार) नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा लेखकले “प्रधानमन्त्रीको चाहना वैशाखमै चुनाव हो, तर गठबन्धनका नेताहरू त्यो चाहँदैनन्” भनेर बोलेका थिए । लेखकको उक्त अभिव्यक्ति आएपछि सभापति देउवाले पार्टीका आफूनिकट नेताहरुसँगको छलफलमा समेत यो विषयमा चर्चा गरेको बुझिएको छ । उनले नेता कृष्णप्रसाद सिटौलासँग पनि लेखकले किन यसरी बोले ? भन्ने विषयमा छलफल गरेको स्रोतले जनाएको छ ।

पछिल्लो समय पाँच दलीय गठबन्धनमा निर्वाचनलाई लिएर छलफल चलिरहेको र साझा धारणा बनिनसकेको अवस्थामा कांग्रेसकै नेता लेखकले निर्वाचनको पक्षमा पार्टी सभापति देउवा रहेको भएपनि गठबन्धनका नेताहरुले चुनाव नचाहेको भनेर बोलेपछि गठबन्धनमा समेत तरंग पैदा भएको छ ।

कांग्रेस नेता रमेश लेखकको स्पष्टीकरण; “प्रधानमन्त्रीको चाहना वैशाखमै चुनाव हो, तर गठबन्धनका नेताहरू त्यो चाहँदैनन्”



प्रतिक्रिया दिनुहोस्