Logo

वाग्मती प्रदेशका यातायातमन्त्री दाहालद्धारा गुर्जुधाराको यातायात कार्यालयको अनुगमन



काठमाडौं, १४ माघ । वागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले गुर्जुधारास्थित यातायात कार्यालयको अनुगमन गरेका छन् । उक्त अवसरमा उनले यातायात कार्यालयमा रहेका लिखित फाइलहरुलाई डिजिलाइजेशन गर्न निर्देशन दिएका छन् ।

मन्त्री दाहालले यातायात कार्यालयमा रहेका अस्तव्यस्त फाइलहरुले अबका दिनमा ठूलो समस्या सिर्जन गर्ने भन्दै व्यवस्थित बनाएर लैजानुपर्ने बताएका थिए । हिजोमात्रै, उनले एकान्तकुनाको यातायात कार्यालयको अनुगमन गरेका थिए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्