Logo

न्याय सेवा आयोगको बैठक बस्दै



काठमाडौं, १४ माघ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज न्याय सेवा आयोगको बैठक बोलाएका छन् । नेपाल बार एसोसियसनको लामो समयदेखिको आन्दोलनका बाबजुद पनि जबराले दोस्रो पटक बैठक बोलाएका हुन् ।

पहिलोपटक ६ पुसमा बोलाइएको बैठक बस्दै नबसी स्थगित गरिएको थियो । आज दिउँसो २ बजेका लागि जबराले बैठक बोलाएका हुन् ।
अध्यक्ष र अन्य २ जना सदस्य उपस्थित रहेमा गणपूरक संख्या मानिन्छ  ।

प्रधानन्यायाधीश अध्यक्ष रहने आयोगमा न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, महान्यायाधिवक्ता खम्मबहादुर खाती र लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी सदस्य रहने व्यवस्था रहेकोमा कानुनमन्त्री बडु कोरोनाका आइसोलेसनमा बसेका छन् ।



प्रतिक्रिया दिनुहोस्