काठमाडौं, १४ माघ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा न्याय सेवा आयोगको बैठक बसेको छ। प्रधानन्यायाधीश जबराले दोस्रो पटक बैठक बोलाएका हुन् । यसअघि उनले पहिलोपटक ६ पुसमा बैठक बोलाएका थिए । त्यतिवेला बैठक नै नबसी स्थगित गरिएको थियो । आजको बैठक भने बसेको छ । अध्यक्ष र अन्य २ जना सदस्य उपस्थित रहेमा गणपूरक संख्या मानिन्छ ।
प्रधानन्यायाधीश अध्यक्ष रहने आयोगमा न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, महान्यायाधिवक्ता खम्मबहादुर खाती र लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी सदस्य रहने व्यवस्था रहेकोमा कानुनमन्त्री बडु कोरोनाका आइसोलेसनमा बसेका छन् ।