Logo

गोविन्द शाहको दाबी : सरकार चुनावबाट भाग्दैन, सरकारले संविधानबमोजिम स्थानीय तहको निर्वाचन गराउँछ (भिडिओसहित)



काठमाडौं, १५ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द शाहले सरकारले संविधानअनुसार समयमै चुनाव गराउने दाबी गरेका छन् । उनले सरकार चुनावबाट कुनैपनि हालतमा पछि नहट्ने स्पष्ट पारेका छन् ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले पाँच दलीय गठबन्धन चुनावबाट भागेको भन्नु गलत भएको जिकिर गरे ।

उनले आफूहरु चुनाव नगराउनको लागि कुनै षड्यन्त्र नगरेको सुनाए । उनले सरकारले ठीक समयमा चुनावको मिति घोषणा गर्ने स्पष्ट पारे । उनले संविधानअनुसार नै स्थानीय तहको निर्वाचन हुने जिकिर गरे ।

 



प्रतिक्रिया दिनुहोस्