Logo

बोर्डर बन्द हुने त्रासले ‘एनओसी’ लिनेको भिड



काठमाडौं, माघ १६ । विश्वभरि नै कोरोना महामारीको जोखिम उच्च बन्दै गएको छ। कुन बेला कुन देशको बोर्डर बन्द हुन्छ भन्ने ठेगान छैन। तर नेपाली विद्यार्थी भने जस्तोसुकै विषम परिस्थितिमा पनि बिदेसिन तयार रहेको देखिन्छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा दिनहुँ नो अब्जेक्सन लेटर (एनओसीं) वितरण शाखामा देखिएको भिडले पनि त्यसको पुष्टि गर्छ। एनओसी लिने विद्यार्थीको भिडका कारण शाखा प्रमुख हरि निरौलालाई भ्याइनभ्याइ छ। त्यसरी भिड बढेको देखेर आफू चकित भएको उनले सुनाए।

‘विश्वभरि नै कोरोनाको जोखिम उच्च छ तर हाम्रा विद्यार्थी उच्च शिक्षा हासिल गर्न बिदेसिन हतारिइरहेका छन्,’ प्रमुख निरौलाले भने, ‘बोर्ड बन्द हुने त्रासका कारण जनवरी इन्टेकका लागि एनओसी लिनेहरूको भिड नै भएको छ।’ उनले थपे, ‘यति मात्र होइन, बोर्डर बन्द भएका देशहरूमा अनलाइन अध्ययनका लागि एनओसी लिनेको पनि त्यतिकै भिड छ।’

प्रमुख निरौलाका अनुसार सन् २०२१ जनवारीदेखि डिसेम्बरसम्ममा कुल १ सय ३ देशका लागि विद्यार्थीले उच्च शिक्षा अध्ययन गर्न एनओसी लिइसकेका छन्। यो अवधिमा कुल ४५ हजार ३ सय ५२ विद्यार्थीले एनओसी लिएका छन्। जसमा सबैभन्दा बढी जापानका लागि छन्। कुल १३ हजार ८ सय ७७ विद्यार्थीले जापानमा विभिन्न विषयमा अध्ययन गर्न एनओसी लिएका छन्। जबकि जापानको बोर्डर खुलेकै छैन। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्