Logo

प्रचण्ड र माधव नेपालको हालत बाटो भुलेको यात्रीजस्तो छ : महेश बस्नेत (भिडिओसहित)



काठमाडौं, १६ माघ । नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले आफूहरुले आन्दोलन सिर्जना गर्न लागेको अवस्था र चौतर्फी दबाबका कारण सरकारले जेठमै स्थानीय तहको निर्वाचन गर्न लागेको स्पष्ट पारेका छन् ।

उनले संविधानअनुसार २०७९ को जेठ ६ गतेभित्रै चुनावमा जानुपर्ने सुनाए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

नेता बस्नेतले आज प्रचण्ड र माधव नेपालको हालत बाटो भुलेको यात्रीको जस्तो रहेको सुनाए । उनले अबको स्थानीय तहको निर्वाचनमा माओवादी डाउन हुने दाबी गरे । उनले माधव नेपालको पार्टी त च्याँखे थाप्नेमात्रै भएको सुनाए ।



प्रतिक्रिया दिनुहोस्