Logo

नयाँ कार्यसमिति चयन गर्न नेपाल बारको निर्वाचन चैत १९ गते हुने



काठमाडौं, १६ माघ । नयाँ नेतृत्व चयनका लागि नेपाल बार एसोसिएसनले चैत १९ गने निर्वाचन गर्ने भएको छ । कानुन व्यवसायीहरूको छाता संगठन बारको वर्तमान अध्यक्ष चण्डेश्वर श्रेष्ठ नेतृत्वको कार्यसमितिको तीनवर्षे पदावधि सकिन लागेकोले निर्वाचन गर्न लागिएको हो ।

बारको आगामी निर्वाचनले २५ सदस्यीय नयाँ कार्यसमिति गठन गर्नेछ । शुक्रबार बसेको बार केन्द्रीय समिति बैठकले निर्वाचन गर्ने बारेमा को निर्णय गरेको जनाइएको छ ।

बार कार्यसमितिमा एक अध्यक्ष, सात उपाध्यक्ष (प्रदेशको प्रतिनिधित्व हुने गरी), एक महिला उपाध्यक्ष, एक महासचिव, कोषाध्यक्ष र १४ सदस्य रहने व्यवस्था रहेको छ। करिब ११ हजार सदस्यले निर्वाचनमा मतदान गर्न पाउने छन् ।

 



प्रतिक्रिया दिनुहोस्