Logo

१०५ अंकले बढ्यो नेप्से, ६ अर्बमा सिमित कारोबार



काठमाडौं, १६ माघ । साताको कारोबारको पहिलो दिन आज शेयरबजारमा हरियाली छाएको छ । आइतबार सबै नेप्से सुचक बढेका छन् ।

नेप्से परिसुचक आज १०५ दशमलव ५५ अंकले बढेर २८ सय ८५ दशमलव ५३ बिन्दु कायम भएको छ । त्यस्तै, शेयरबजार मापक सेन्सेटिभ इन्डेक्स पनि आइतबार १९ दशमलव ८१ अंकले बृद्धि भई ५३८ दशमलव ५३ विन्दुमा थामिएको छ ।

नेप्सेको अनुसार आज २३१ कम्पनीको ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार ३९ रुपैयाँ बराबरको १ करोड २१ लाख ५५ हजार ४३२ कित्ता शेयर खरिद विक्रि भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्