Logo

जीप दुर्घटनामा ज्यान गुमाएका दाजुभाईको ४ लाख हराएपछि…



काठमाडौं, १६ माघ । इलामको रोङ गाउँपालिकामा १२ माघमा दुर्घटनामा परेको जीपबारे गम्भीर अनुसन्धान अगाडि बढेको छ । दुर्घटनामा मृत्यु भएकाहरुको नगद र सुन नै गायब भएपछि गम्भीर अनुसन्धान चलेको हो ।

दुर्घटनामा मृत्यु भएका झापाका व्यवसायी दाजुभाईहरु रमेश थापा र सूर्यबहादुर थापाको ४ लाख रुपैयाँ र सुनको औठी आधा तोला हराएको भन्दै परिवारले प्रहरीमा उजूरी गरेका छन् । मृतकहरु खसी व्यापार गर्थे ।

१२ माघको विहान ४ बजे नै घरबाट हिडेका उनीहरु चढेको जीप ५ बजेतिर दुर्घटनामा परेको थियो । घटनामा चालक घाइते छन् ।



प्रतिक्रिया दिनुहोस्