Logo

आफै कोरोना परीक्षण गर्नेहरुलाई रिपोर्ट उपलब्ध गराउन आग्रह



काठमाडौं, १६ माघ । सरकारले आफैंले किट किनेर कोरोना परीक्षण गर्नेहरुलाई पोजिटिभ रिपोर्ट आएको खण्डमा उक्त विषयको जानकारी गराउन अपिल गरेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट सूचीकृत किटहरु प्रयोग गरी परीक्षण गरिने रिपोर्टबारे हालसम्म पनि जानकारी नदिएकाहरुलाई जानकारी दिन आग्रह गरेको हो ।

महाशाखाले प्रयोगशाला बाहिर गरीएका परीक्षणको नतिजाको जानकारी प्राप्त नभएको र जसले गर्दा महामारी व्यवस्थापनका लागि संक्रमितको एकिन तथ्यांक प्राप्त हुन नसकेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्