Logo

राप्रपामा चार जना प्रवक्ता



काठमाडौं, माघ १७। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले २४ जना पदाधिकारी मनोनीत गरेका छन् । राप्रपा अध्यक्ष लिङ्देनले आइतबार पार्टीको विधानअनुसार पदाधिकारी, विभाग प्रमुख र केन्द्रीय सचिवालयको सदस्य सचिव पदमा गरी ३० जना विभिन्न नेतालाई जिम्मेवारी बाँडफाँट गरेका हुन् ।

पदाधिकारीतर्फ उपाध्यक्षमा लमजुङका हेमजंग गुरुङ र सुर्खेतका मुकुन्दश्याम गिरी मनोनीत भएका छन् । यस्तै, महामन्त्रीमा ओखलढुंगाका राजेन्द्र गुरुङ र मोरङका प्रह्लादप्रसाद साहलाई लिङ्देनले मनोनीत गरेका छन् ।

यसैगरी, सहमहामन्त्री बाराका मोहनप्रसाद यादव, कालिकोटका धनबहादुर बुढा, अछामका श्यामबहादुर शाही, काठमाडौंका प्रकाश रिमाल, भक्तपुरका रवीन्द्रप्रताप शाह, नुवाकोटका झनक प्याकुरेल र चितवकी रीना गुरुङ मनोनीत भएका छन् ।

यस्तै, पार्टी प्रवक्तामा चार जना नेतालाई मनोनीत गरिएको छ । प्रवक्तामा झापाका भक्तिप्रसाद सिटौला, गोरखाका मोहन श्रेष्ठ, पाँचथरका सगुनसुन्दर लावती र मोरङका गोपाल दाहाललाई मनोनीत गरिएको हो ।

यसैगरी, सहायक महामन्त्रीमा जुम्लाका रमानन्द न्यौपाने दोलखाका विजय खड्का, डोटीका प्रेम बलायर, बाँकेका ऋषिराज देवकोटा, रूपन्देहीका ताहिर अलि, नुवाकोटका दीपककुमार राई मनोनीत भएका छन् ।

यस्तै, सहायक प्रवक्तामा दोलखाका प्रविणकुमार थोकर तामाङ, मोरङका दिनेश कुमार साह र कञ्चनपुरका पूर्णबहादुर चन्दलाई मनोनीत गरिएको छ । लिङ्देनले राप्रापाको रिक्त रहेका विभिन्न ६ वटा विभागमासमेत प्रमुख मनोनीत गरेका छन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्