काठमाडौं, १७ माघ । अमर्यादित काम गरेको आरोपमा चिकित्सा शिक्षा आयोगले तीन जना विद्यार्थीको परीक्षाफल रद्ध गरेको छ ।
माघ ८ गते सञ्चालन भएको स्नातकोत्तर तहको एमडी÷एमएस, एनबीएमएस शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षामा सहभागी परीक्षार्थीले अमर्यादित काम गरेको पाइएको भन्दै परीक्षाफल रद्ध भएको जनाएको छ ।
आयोगले रोलनम्बर ८०१७३, १०७७० र १२७०९ को परीक्षाफल रद्ध गरेको हो ।