काठमाडौं, १७ माघ । आइतबार ह्वात्तै बढेको नेप्सेमा आज सोमबार १४ अंकको गिरावट आएको छ । नेप्से परिसुचक आज १४ दशमलव ४८ अंकले घटेर २८ सय ७१ दशमलव ५ विन्दुमा थामिएको हो ।
त्यस्तै, शेयर बजारमा मापक सेन्सेटिभ इन्डेक्स पनि आज ० दशमलव ०८ प्रतिशतले घटेर ५३८ दशमलव ४५ बिन्दुमा रोकिएको छ ।
साताको कारोबारको दोस्रो दिन आज नेप्सेमा २२५ कम्पनीको ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार ५ सय ९८ रुपैयाँ बराबरको १ करोड १० लाख ५ हजार ६ सय ६९ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ ।