Logo

गोकुल बाँस्कोटाको टिप्पणी : एमसीसीबारे परमादेशी गठबन्धनले जे निर्णय लिनुछ लिए भैगयो नि



काठमाडौं, १७ माघ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले परमादेशी गठबन्धनले उल्टै एमसीसीबारे आफ्नो दलमाथि प्रश्न गरेको भन्दै गठबन्धनलाई झाडीमा फसेको बाह्रसिंगाको संज्ञा दिएका छन् । उनले एमसीसीलाई घरेलु राजनीतिको विषाक्त हतियार बनाउनेहरुले जे निर्णय लिनुछ सो निर्णय लिए भईगयो नि पनि भनेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत नेता बाँस्कोटाले लेखेका छन्-“झाडीमा फस्या बाह्रसिंगा जस्तो छ परमादेशी गठबन्धन उल्टै एमसिसि बारे एमालेमाथि प्रश्न गर्छ।सुरुदेखी नै यो परियोजना आरम्भ गर्नेहरुकै सरकार छ।एमसिसिलाई घरेलु राजनीतिको बिषाक्त हतियार बनाउनेहरुले जे निर्णय लिनु छ सो निर्णय लिए भैगो नि।बेकारमा किन क्याऊॅं क्याऊॅं गरि बसेका हुन?”



प्रतिक्रिया दिनुहोस्