Logo

हिमानी स्टाइलः गणतन्त्र भित्रको राजतन्त्र



दिवाकर बागचन्दः कुरो २०४६ पछीको हो । मैले भर्खरै पत्रकारिता सुरु गरेको थिए । म विडियो ग्राफीको काम पनि गर्थे । मेरा बुवाका एकजना ठकुरी मित्रको छोराको विवाह थियो । त्यतीखेर धनगढीमा विडियोग्राफर नगन्य थिए । त्यसैले मलाई विडियो खिच्न बोलाईयो । विवाह खिच्दा विवाह घरमा कहाँ जाने कहाँ नजाने भन्ने केहि अघोषित बन्देजहरु थिए । विवाह धुमधाम सम्पन्न भयो । विवाहको केही दिनमा क्यासेट बुझाए । त्यस्को अर्को दिन दुलाह आफै घर आए र भने तैले खिचेको भएन अझ एडिट गरेर दे । उनले मलाई “त “ नै भने । मैले ठिक छ दाजु जे मिल्छ गरौला भने ।मलाई यसमा खासै आपत्ती थिएन । तर उनले हद पार्दै भने तैले दाजु होइन राजा भन्नु पर्छ मलाई । म सिंहको छोरो राजा हु ठकुरी हु बुझिस । मेरो धैर्यताको बाध टुटी सकेको थियो । मैले मेरो घर को भित्तामा टासेको राजा बिरेन्द्र र रानी ऐस्वर्यको फोटो देखाउँदै भने- म यिनीहरुलाई त राजा मानिन्दिन तलाई राजा मान्ने सवालाई उठ्दैन । मेरो जवाफ उसका लागी अप्र्त्यासित थियो । उ केहि नबोलेर गयो ।

मलाई त्यती खेर महशुश भयो २०४६ सालको परिवर्तन केवल दलहरु माथी लगाइएको प्रतिबन्धको फुकुवा मात्र थियो । मलाई के पनि महशुर भयो कि राजतन्त्र एउटा शासकिय प्रणाली मात्र होईन एउटा कुसंस्कार पनि हो । यसले समाजको कुरुप बर्गिकरण पनि गर्छ । समाजमा थुप्रै भारेभुरे राजा रजौटा पनि तयार पार्दो रहेछ । राजा बिरेन्द्रको ब्यक्तित्व प्रती अगाध सममान हुँदाहुँदै पनि मलाई राजतन्त्र प्रति वितृष्णा भयो । समय बित्दै जादा घृणा नै हुन थाल्यो । नेपाली समाजको कुरुपता भनौ या पाखण्ड नेपाल टेलिभिजन को जागरी बचाउन म पनि कालान्तरमा गएर थुप्रै झारपातेहरुलाई राजा भनेर सम्बोधन गर्न थाले । आफै सङ्ह घिन लाग्थ्यो कहिले काही ।

नेपालबाट राजतन्त्र हट्यो । केहि बर्ष पछी म अमेरिका हानिए । सोचेको थिए यहाँ सायद कुनै राजा रजौटा हुँदैनन ।यहाँ पनि नेपालबाट आएका बाउसाप र महाराजा हरु को कमी थिएन । “ ल्यान्ड अफ द फ्री “ भनेर चिनेने यो देश मा यिनीहरुलाई महत्व दिनु जरुरी थिएन , दिइएन । राज सस्था मेरा लागी मृत सस्था थियो । मरेको लाशमा प्राण भरिन्न यो कमन्सेन्सको कुरो हो । धेरै सोच्नु पर्दैन ।

हालै हिमानी ट्रष्टले आयोजना गरेको कार्यक्रममा भाग लिन पुर्ब युवराज्ञी हिमानी साह अमेरिका पुगिन । उनको ट्रष्टले समाज सेवा गर्छ , जुन हजारौ एनजिओले गर्दै आएका छन्, यसमा कसैलाई आपत्ति हुनु पर्ने देखिदिन । हिमानी शाह भन्दा पनि उनको दर्शन पाउन उनी प्रती भक्तिभाव देखाउन गरिएको तछाड मछाड्, उनलाई मौसुफ सरकार भनेर सम्बोधन , एकसय अस्सी डिग्रीकोणमा गरेको सास्टाङ दन्ड्वतले झोप्डी छोडे पनि खोप्डी न बदलिदो रहेछ भन्ने चरितार्थ गर्‍यो । मालिक भन्दा दासहरु खतरनाक हुन्छन, खुला समाज को लागी हिमानी शाह उपस्थित कार्यक्रमका दृश्यले यही बताइ रहेका थिए । मानसिक दासत्वको यो भन्दा अशोभनिय दृश्य मैले अमेरिकामा कहिले देखेको थिएन ।

हिमानी शाहसँग कुनै गुनासो छैन । तर उनले चाहेको भए तस्बिर अर्कै हुन सक्थ्यो । सर्ब साधारण सरह सबैलाई नमस्कार भन्दै , आफ्नो गुलामी गर्न आवश्यक नभएको सन्देश दिएको भए उनको लोकतान्त्रिक चरित्र उजागर हुन्थ्यो । उनी गुलामहरुको गुलामीमा रमाइन् । यो राजतन्त्रकै चरित्र हो । राजतन्त्रले जनताको सम्पत्ति, देशको श्रोत साधनमा टेकेर केवल आफ्नो इमेज निर्माण गर्छ । सबैको एकताको प्रतिक भएको ढोग गर्छ । राज परिवार पर्फेक्ट देखिन्छ । कुन्ठा, अहन्कार , मह्त्वकांक्षा झुटो शान , भाइ भारदारहरुको स्वार्थ पुर्ण गुलामीलाई भक्ती ठाण्दै आफ्नो साशन टिकाउन रास्ट्रभक्तीलाई हतियार बनाउछ । जन्मको आधारमा शासन गर्न पाउनु आफ्नो अधिकार ठान्ने व्यक्ति या संस्था कती “ आउट्डेटेड” र सामन्ती होला धेरै बहस गरी रहनु पर्दैन ।आफु जस्तै सरिर रुपरङ् भएको , आफू जस्तै सबै जैबिक प्रक्रिया गर्ने अर्को मानवलाई भगवानको अवतार मानेर हामी माथी साशन गरी देउ भन्ने मान्छे कस्तो होला रु एक सार्बभौम मानब ले यसो कसरी भन्न सक्छ रु मान्छेको सोचको प्रकृया यती बिचित्र को हुन्छ मनोबैज्ञानीक र समाज शास्त्रीले पनि बुझ्न सक्दैनन । त्यस्मा पनि हामी नेपाली ले महारथ हासिल गरेका छौ कुनै पनि सिस्टमलाई फेल गर्न ।

केहि समय पहिले म नेपाल गएको थिए । थुप्रै व्यक्तिहरुलाई भेटे । स्थानिय सरकार प्रमुख देखि प्रादेशिक सांसदहरुलाई भेटेँ । सबैमा एउटा समानता थियो । सबैमा एउटा रवाफ, एउटा शान थियो । एक जना पालिका प्रमुख सानदार गाडी चढेर आए राजकिय शैलीमा आफूले गरेको कामको बखान गरे मानौ उनि कुनै “एह्शान” ( दया गर्दै थिए आफ्ना पालिकाका रैती माथि । म निशासिय । के गणतन्त्र , सघियता को मर्म यस्तै थुप्रै राजा रजौटा तयार पार्नु थियो त ? किन यसो भयो त रुमलाई पनि थाहा छैन । तर यति भन्न सक्छु, प्रचन्ड , ओलि, माधब नेपाल , देउबा बाबुराम्, झलनाथ लगयात केहि सिर्ष नेताहरु ले सादगी पुर्ण जिबन बाचेको भए , उनीहरुको व्यवहहार लोकतान्त्रिक भएको भए, उनका कमरेड या भाइ बहिनीहरुले उनिहरुलाई अनुशरण गर्थे । अफशोश यी नेता राजा भन्दा कुनै कम छैनन्। यी नेताहरुका क्रान्तिकारी कुरा र राजकिय जीवनशैलीले अहिले गाउगाउमा सबैलाई राजा बन्ने रहर छ ,र लहर नै चलेको छ । स्थानिय निकाय होस या प्रदेश , यि राजा उत्पादन गर्ने कारखाना बन्दैछन ।

के यि सबै राजा बनी सके त ? के फरक छ यीनमा र वंशको आधारमा राजा बन्ने हरु बिच ? यिनी हरु राजा झै लागे पनि राजा होईनन । यिनीहरु लोकतन्त्रका “बाइप्रड्क्ट “ ( byproduct) हुन जो मुख्य प्रड्क्ट झै भएका छन। यिनीहरुलाई गाली गर्न पाइन्छ , हटाउन सकिन्छ । तर जन्मको आधारमा राजा बन्ने हरुको बिरुध बोल्न पनि पाइदैन । संविधान भन्दा माथि हुन्छन् । वंशीय राजाहरु । उनिहरुको बोली कानून हुन्छ, उनीहरु नै देश हुन्छन् । सन २००८ अघिको नेपाल त्यसको प्रमाण हो ।

यो सबै विकास क्रम हेर्दा के लाग्छ भने राजतन्त्र एक मानसिकता हो । एक कु (सस्कार हो । यो सन्क्रामक हुन्छ । इट्स कन्टेजियस । यो दासत्वको उपज हो । नेपाली समाज “पेट्रोन कलाईण्ट रेलेसन्शिप” (मालिक नोकर सम्बन्धमा आधारित समाज हो । हामीलाई मालिक चाहिन्छ, दास चाहिन्छ । जब सम्म हामी आफूलाई स्वतन्त्र र सार्बभौम मानव मान्दैनौ तब सम्म वंशजको नभए पनि बिभिन्न प्रकारका राजाबाट हामी शासित हुनेछौ ।अब वंशजको आधारमा राजा बन्ने चाहनेहरु र गणतन्त्रमा राजाको जीवन बाच्नेहरु बिरुध एउटा बैचारिक जागरण अपरिहार्य भएको छ ।
बुझ्नु पर्ने के हो भने , दास मानसिकताले राजतन्त्र र शासक मात्र फस्टाउँछ , यो नबुझ्ने जनता नालायक बन्छ, त्यस पछि लोकतन्त्रले आत्मा हत्या गर्छ ।(पत्रकार बागचन्द न्यूयोर्कमा बस्छन्)



प्रतिक्रिया दिनुहोस्