Logo

प्रचण्ड र माधव नेपाललाई कांग्रेस प्रवेश गर्न ईश्वर पोखरेलको सुझाव (भिडिओसहित)



काठमाडौं, १८ माघ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो पार्टी चुनावको लागि सधैं तयारी अवस्थामा रहेको स्पष्ट पारेका छन् । उनले हिम्मत र तागत भए पाँच दलीय गठबन्धनलाई एक्लाक्लै चुनावमा आउन पनि चूनौति दिएका छन् । उनले आफूहरु चुनावको पक्षमा रहेको सुनाउँदै निर्वाचनमा नभाग्न गठबन्धन र सरकारलाई चेतावनी दिएका छन् ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले एमालेलाई सिध्याउँछौं भन्नेहरुलाई मिलेर नै चुनाव लड्न पनि सल्लाह दिएका छन् ।

पोखरेलले पुष्पकमल दाहाल र माधव नेपाललाई कांग्रेसमा प्रवेश गर्न पनि आग्रह गरेका छन् । उनले भने,‘उहाँहरु कांग्रेसभित्र प्रवेश गरेर एउटै पार्टी बनाएर चुनाव लडेपनि हुन्छ, हामीलाई यो कुरा मञ्जुर छ । होईन, अलिकति लाज बचाउनुपर्छ भन्ने लाग्छ भने गठबन्धनमा जानुहोस ।’



प्रतिक्रिया दिनुहोस्