Logo

इमर्जिङ नेपालले माघ २६ गते ५ करोड ५५ लाख कित्ता आइपिओ जारी गर्ने



काठमाडौँ, १८ माघ । इमर्जिङ नेपाल लिमिटेडले माघ २६ गतेदेखि आपिओ निस्काशन गर्ने भएको छ । कम्पनीले ५ लाख ५५ हजार कित्ता आइपिओ माघ २६ गते बुधबारदेखि निस्कासन गर्ने भएको हो ।

कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अङ्कित मूल्यमा ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्ने जनाएको छ ।

निस्काशन गर्ने आइपिओमध्ये ५ प्रतिशतले हुन आउने २७ हजार ७८० कित्ता म्युचुअल फण्ड, २ प्रतिशतले हुन आउने ११ हजार ११२ कित्ता संस्थाका कर्मचारीहरूका लागि र बाँकी ५ लाख १६ हजार ७०८ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूले आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

आइपिओको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । लगानीकर्ताले आइपिओमा फागुन १ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस्