Logo

अहिलेको परिस्थितिमा प्रधानमन्त्री पाँच दलीय गठबन्धनलाई सँगै लिएर निर्वाचनमा जान तयार हुनुहुन्छ : बानियाँ (भिडिओसहित)



काठमाडौं, १९ माघ । नेपाली कांग्रेसका बाग्मती प्रदेशका सभापति एवम् संसदीय दलका नेता ईन्द्र बानियाँले प्रधानमन्त्री शेरबहादुर देउवा स्थानीय तहको निर्वाचन समयमै गराउन प्रतिबद्ध रहेको सुनाएका छन् । उनले अब कांग्रेस एक भएर निर्वाचनमा जाने पनि सुनाए ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले गठबन्धनलाई सँगै लिएर जानेमा पार्टी सभापति देउवा सकारात्मक रहेको सुनाए । उनले पाँच दलीय गठबन्धनलाई सँगै निर्वाचनमा लिएर जाने प्रधानमन्त्री देउवाको चाहना भएपनि यसमा गठबन्धनका नेताहरुले पनि सोहीअनुसारको भूमिका खेल्नुपर्नेमा जोड दिए ।

उनले एमसीसी संसद्को विषय भएकोले यो पहिले टेबुल हुनुपर्ने बताए । उनले प्रधानमन्त्री देउवा एमसीसी पास गराउने पक्षमा रहेको सुनाए । एमसीसी नेपालको हितमा छ कि छैन ? भन्ने कुरा संसद्मा टेबुल भएर बहस हुनुपर्ने बताए । उनले भने,‘यसको राम्रा÷नराम्रा पक्षका बारेमा संसद्मा छलफल हुनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्