Logo

एमाले केन्द्रीय सचिवालय बैठक सुरु



काठमाडौं, १९ माघ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को केन्द्रीय  सचिवालयको बैठक भर्खरै सुरु भएको छ। दिउँसो १ बजे बस्ने भनिएको केही बेर ढिलो गरेर भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बैठक सुरु भएको हो ।

स्थानिय तहको निर्वाचन जेठमा हुने भएलगत्तै पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माणलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी ४ जेठमा निर्वाचन हुने बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्