काठमाडौं, १९ माघ । आधारभूत तहका जनताको जीवनसँग जोडिएको अत्यावश्यक वस्तु इन्धनको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरिएको छ ।
नेपाल आयल निगमले माघ १८ गते मंगलबार राति १२ बजेदेखि लागु हुने गरी डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँले वृद्धि गरेको मुल्यबृद्धि नेपाल तत्काल फिर्ता लिन यातायात स्वतन्त्र मजदूर संगठनले माग गरेको हो ।
अध्यक्ष भीमज्वाला राई र महासचिव केशव थापाले बुधबार जारी गरेको विज्ञप्तीमा मूल्यवृद्धिले श्रमजीवी जनतालाई गम्भीर असर परेको उल्लेख गरिएको छ ।
संगठनले सरकारले इन्धनको मुल्यबृद्धि फिर्ता नलिए श्रमजीवी जनताको आन्दोलनको सामना गर्न तयार रहन सरकारलाई चेतावनी समेत दिएको छ ।