Logo

एमाले सचिवालयद्वारा राष्ट्रिय सभा निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाहीको निर्देशन



काठमाडौं, १९ माघ । नेकपा एमालेको सचिवालय बैठकमा राष्ट्रिय सभा निर्वाचनमा अन्तर्घातबारे समिक्षा भएको छ । भक्तपुरको जर्मन हस्पिटालिटी होम्समा आज भएको बैठकमा एमालेका जनप्रतिनिधि उम्मेदवारले नै मत नहालेको बारे समिक्षा भएको थियो ।

पार्टीका उम्मेदवारलाई प्रदेश सभा सांसद, पालिकाका प्रमुख र उपप्रमुखबाट अन्तर्घात भएको विषयमा गम्भीर छलफल भएको हो । बैठकले अन्तर्घातको छानविन गर्ने जिम्मेवारी प्रदेश कमिटीलाई नै दिने भएको छ । छानविन गरी कारबाही गर्न निर्देशन समेत दिएको छ ।

एमालेले प्रदेश १ मा राष्ट्रिय सभा निर्वाचनमा अन्तर्घात भएको निष्कर्ष निकालिसकेको छ । त्यहाँ छानविनका लागि बढी ध्यान दिइएको छ ।

बैठकमा प्रदेश इञ्चार्जहरुले राष्ट्रिय सभा निर्वाचनबारे रिपोर्टिङ गरेका थिए । उनीहरुले कहाँ कहाँ कतिजनाबाट अन्तर्घात भए भन्नेबारे समेत उल्लेख गरेका थिए । तर, को को अन्तर्घातमा संलग्न भए स्पष्ट छैन । त्यसका लागि छानविन हुने भएको छ ।



प्रतिक्रिया दिनुहोस्