काठमाडौं, २० माघ । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले सत्ता गठबन्धन नै तोडेर भएपनि एमसीसी पास गराउँछु भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले भनेको भनेर आफूले विश्वास नगर्ने स्पष्ट पारेका छन् ।
हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले पाँच दलीय गठबन्धन कुनैपनि हालतमा नटुट्ने जिकिर गरेका छन् । उनले अहिले देश जटिल मोडमा रहेको सुनाए ।
उनले पाँच दलीय गठबन्धन सजिलै नटुट्ने जिकिर गरे । उनले आफूहरु अहिले राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढिरहेको स्पष्ट पारे । उनले पार्टीको महधिवेशन सम्पन्न भएको उल्लेख गर्दै अब केन्द्रीय कमिटी बैठक बसेर पदाधिकारी निर्वाचन गर्ने सुनाए । उनले अहिले आफूहरु आन्तरिक गृहकार्यमा रहेको पनि जनाए ।