Logo

इमर्जिङ नेपालले आइपीओ जारी गर्दै, कहिलेबाट भर्न सकिन्छ ?



काठमाडौं, २० माघ । इमर्जिङ नेपालले माघ २६ गतेदेखि आइपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा ५ लाख ५५ हजार ६०० कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । जसमा २ प्रतिशत सेयर कर्मचारी र ५ प्रतिशत सेयर म्युचुअल फन्डको लागि छुट्याएको छ । बाँकी ५ लाख १६ हजार ७०८ कित्ताका सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

फागुन १ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । उक्त समयसम्म आइपीओ बिक्री नभएमा फागुन ११ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्ता सम्मका लागि आवेदन दिन पाइनेछ ।

कम्पनीले बिक्री प्रबन्धकको जिम्मा एनआइसी एसिया क्यापिटललाई दिएको छ । इमर्जिङ नेपालको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस’ रेटिङ दिएको छ ।



प्रतिक्रिया दिनुहोस्