काठमाडौं, २० माघ । एसियन लाइफ इन्सुरेन्सले माघ २१ गते (शुक्रबार) साधारण सभा बोलाएको छ ।
सभा मैतीदेवी स्थित एसियन लाइफको भवनमा बिहान ११ः३० बजे सुरु हुनेछ । साधारण सभामा कम्पनीले आर्थिक वर्ष २०७६–७७ को सञ्चित मुनाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद गरी कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
एसियन लाइफको ५१ प्रतिशत स्वामित्व रहेको एसियन क्यापिटलमा सामूहिक लगानी कोष सञ्चालन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ ।
बोनस वितरणपछि चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ भन्दा बढी पुग्नेछ । सभा प्रयोजनका लागि कम्पनीले माघ १२ गते बुक क्लोज मिति तोकेको छ ।