काठमाडौं, २० माघ । नेपाल आयल निगमले गरेको पेट्रोलियम पदार्थको मुल्यवृद्धि खारेज गर्न नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट जनवर्गिय संगठनले माग गरेको छ ।
पेट्रोलियम पदार्थको मुल्यवृद्धि खारेज गर्न माग गर्दै संगठनले आज कोण सभाको आयोजना गरेको थियो । दलाल संसदिय व्यवस्था मुर्दाबाद, संयुक्त जबस जिन्दाबाद, राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर, पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि फिर्ता गर, सबैखाले महंगी नियन्त्रण गर लगायतका प्लेकार्ड बोकेर कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका थिए ।
निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर तीन÷तीन रुपैयाँ मूल्य बढाएको जनाएको थियो । यससँगै अब पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १२५ कायम भएको छ।
यस्तै, निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १०० अमेरिकी डलर बढाइएको जनाएको छ। ग्यासको मूल्य भने यथावत राखेको निगमले जनाएको छ।
Photo-Mukunda Kalikote