Logo

नेप्सेको सीईओमा कार्की नियुक्त



काठमडौं, माघ २१ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कृष्णबहादुर कार्की नियूक्त भएका छन् । मन्त्रिपरिषद्को बैठकले पाल्पा रिब्दिकोट गाउँपालिका ७ का कार्कीलाई सीईओमा नियूक्त गरेको हो । माघ १७ गते बसेको मन्त्रिपरिषद बैठकले उनलाई सीईओ नियूक्त गरेको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृतका लागि परेका आवेदनमध्ये दोस्रो चरणमा ३ जना छनोट भएका थिए । कार्कीसहित केशवप्रसाद श्रेष्ठ र रमेशकुमार भन्डारी छनोटमा परेका थिए । पहिलो चरणमा छनोटमा परेका ५ जनामध्येबाट सिफारिस समितिले तीन जनालाई छनोट गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्