Logo

गैरकानुनी ‘नेटवर्किङ बिजनेस’मा नलाग्न अर्थमन्त्री शर्माको आग्रह



काठमाडौं, २१ माघ । अर्थमन्त्री जनार्दन शर्माले डिजिटल ‘नेटवर्किङ बिजनेस’ नेपालको हकमा गैरकानुनी भएकाले यसमा नजोडिन आग्रह गरेका छन् । साथै, उनले जोडिसकेकाहरुको हकमा तत्काल छोड्न आग्रह गरेका छन् ।

बिहीबार माओवादी केन्द्र कर्णाली प्रदेशको भर्चुअल विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

डिजिटल नेटवर्किङको माध्यमबाट देशको पुँजी विदेश पलायन भइरहेको अवस्थालाई मध्यनजर गरेर यसको नियन्त्रणमा सरकारलाई सहयोग मन्त्री शर्माको आग्रह थियो ।
यस्तै, उनले सामुदायिक पुँजी निर्माण गर्ने कार्यक्रम बनाउन कार्यकर्ताहरूलाई निर्देशन दिएका थिए । अर्थमन्त्री शर्माले कर्णाली प्रदेशमा समाजवादको आधार तयार गर्न उत्पादन र रोजगार अभियान सञ्चालन गर्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्