Logo

कर्णाली बैंकले बोलायो साधारण सभा, लगानीकर्ताको हात खाली हुने



काठमाडौं, २१ माघ । कर्णाली विकास बैंकले फागुन २० गतेका लागि १७औं साधारण सभा डाकेको छ ।

सभा कल्पतरु होटल नेपालगञ्जमा दिउँसो १ बजे जुम मार्फत सुरु हुनेछ । सभामा बैंकको आर्थिक वर्ष २०७६–७७ को नाफा तथा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुने बताइएको छ ।

आर्थिक वर्ष २०७७–७८ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा समेत रहनेछ । सभा प्रयोजनका लागि बैंकले माघ २८ गतेदेखि फागुन २० गते बुक क्लोज मिति तोकेको छ । माघ २७ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

तर, बैंकले यस वर्ष पनि लगानीकर्ताको हात खाली बनाउने भएको छ । बैंकले गत वर्ष पनि लाभांश वितरण गरेको थिएन ।



प्रतिक्रिया दिनुहोस्