Logo

कर्ण थापाको टिप्पणी : कहाँ केपी ओली ? कहाँ भीम रावल ? तुलना नै हुँदैन् नि (भिडिओसहित)



काठमाडौं, २१ माघ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री कर्णबहादुर थापाले आज नेपालका दलहरुमा यदि कसैमा नीति, विचार र रणनीति छ भने त्यो एमालेसँग मात्रै रहेको स्पष्ट पारेका छन् । उनले प्रचण्डमा राजनीतिक दाउपेजमात्रै रहेको टिप्पणी गरे ।

हिजो राति प्राईम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आज एमाले यो ठाउँमा रहनुको कारण दरिलो नीति र सही उद्देश्य नै प्रमुख कारण भएको जिकिर गरे ।

उनले वर्तमान सरकारलाई जनताको सरकार नभएको पनि आरोप लगाए । उनले अहिलेको पाँच दलीय गठबन्धनलाई स्वार्थीहरुको समूहको संज्ञा दिएका छन् । उनले एमाले अहिले ठूलो दल रहेको भन्दै अब हुने निर्वाचनमा पनि ठूलो हुने दाबी गरे ।

उनले एमसीसी फेल भयो भनेर एमालेले रोईकराई नगर्ने जिकिर गरे । उनले एमसीसी अब संसद्को विषय हुने स्पष्ट पारे । उनले एमसीसी सदनमा प्रवेश गर्न नदिएर सभामुख अग्निप्रसाद सापकोटाले गल्ती गरिरहेको गुनासो पोखे ।

उनले भीम रावल राष्ट्रवादी भएर आफूलाई टाउको दुखाई नभएको टिप्पणी गरे । उनले पार्टी अध्यक्ष केपी शर्मा ओली र भीम रावलबीच तुलना नै गर्न नमिल्ने स्पष्ट पारे । उनले भने,‘कहाँ केपी ओली ? कहाँ भीम रावल ? यस्तो पनि तुलना गर्ने हो ? यस्तो तुलना गर्न नै मिल्दैन् ।’



प्रतिक्रिया दिनुहोस्