Logo

अपरिचित व्यक्तिलाई बैंक खाताबारे जानकारी नदिन सर्वसाधरणलाई आग्रह



काठमाडौं, २१ माघ । नेपाल राष्ट्र बैंकले अपरिचित व्यक्तिले आफ्नो बैंक खाताको बारेमा जानकारी मागेमा नदिन सर्वसाधारणलाई आग्रह गरेको छ। नक्कली फेसबुक पेजबाट सम्पर्क गरी खाताबारे जानकारी लिने र पैसा झिक्ने गरेको घटना बढ्न थालेपछि राष्ट्र बैंकले सर्वसाधारणलाई यस्तो आग्रह गरेको छ ।

मोबाइल बैङ्किङमार्फत पासवर्ड र ओटीपी नम्बर मागेर पैसा झिक्ने गरेको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा धेरै उजुरी पर्ने गरेको छ ।

राष्ट्र बैंकले विज्ञप्ती जारी गर्दै अपरिचित व्यक्तिलाई कुनैपनि माध्यमबाट आफ्नो गोप्य पासवर्ड, ओटीपी वा अन्य कुनैपनि संवेदनशील जानकारी नदिन आग्रह गरेको हो । बैंकले मोबाइल वा अन्य डिभाईस एवम् एपीपीका पासवर्डहरु बेलाबेलामा परिवर्तन गर्नुपर्ने र पासवर्ड गोप्य तरिकाले सुरक्षित राख्न पनि आग्रह गरेको छ।

 



प्रतिक्रिया दिनुहोस्