Logo

भारतमा थप १ लाख २७ हजार भन्दा बढीमा कोरोना संक्रमण



एजेन्सी, २२ माघ। भारतमा पछिल्लो २४ घण्टामा १ लाख २७ हजार ९५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमोक्रन’ भेरियन्ट र त्यसको ‘सब-भेरियन्ट’ फैलिएसँगै भारतमा उकालो लागेको संक्रमण दर हाल घट्दै गएको छ।

यद्यपि, मृतकको संख्या भने बढ्दै गइरहेको छ। केहीदिनदेखि भारतमा दैनिक एक हजारभन्दा बढीको मृत्यु भइरहेको छ। शुक्रवार भारतमा मृत्यु हुनेको संख्या ५ लाख नाघेको थियो। आज थप १ हजार ५९ जनाको मृत्यु भएको छ। यससँगै भारतमा कुल मृतकको संख्या ५ लाख १ हजार ११४ पुगेको छ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार २ लाख ३० हजार ८१४ जना संक्रमण मुक्त हुँदा हाल सक्रिय कोरोना संक्रमितको संख्या १३ लाख ३१ हजार ६४८ पुगेको छ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्