Logo

लिलामणि पोखरेलको चूनौति : सभामुखलाई हटाउने हो भने हटाए भयो नि त, किन हल्ला गरेको ? (भिडिओसहित)



काठमाडौं, २२ माघ । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता लिलामणि पोखरेलले अहिलेको अवस्थामा सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन नसक्ने बताएका छन् ।

उनले सभामुखलाई हटाउनको लागि संसद्मा अविश्वासको प्रस्ताव राख्नुपर्ने र संसद्को चेयर गर्ने उपसभामुख पनि नभएकोले अहिले कुनै सम्भावना नरहेको जिकिर गरेका छन् ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको सम्वादलाई लिएर आफूले आश्चर्यको रुपमा नलिएको सुनाए । उनले सभामुख हटाउनको लागि कसले छेकेको छ र ? भन्ने पनि प्रश्न गरे ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सभामुखलाई हटाउनको लागि दुई तिहाई आवश्यक पर्ने पनि स्मरण गराए ।

अहिले एमाले, कांग्रेस र लोसपा मिल्दा पनि सभामुखमाथि महाभियोग लगाएर हटाउन दुई तिहाई बहुमत नपुग्ने दाबी गरे । उनले भने,‘सभामुखलाई हटाउने हो भने हटाए भयो नि त, किन हल्ला गर्नुपर्छ र ?’

उनले एमसीसी राष्ट्रिय विवादको मुद्दा भएकोले सबैबीच सहमति र समझदारी हुनुपर्छ भनेर सभामुख सापकोटाले भनेको स्मरण गराए । उनले सहमति गराएर ल्याए एमसीसी संसद्मा टेबुल गर्ने भनेर भनिसकेको पनि सुनाए।



प्रतिक्रिया दिनुहोस्