Logo

डा. आचार्यसँग एमसीसीबारे ऋषि धमलाको बहस (भिडिओसहित)



काठमाडौं, २२ माघ । पूर्वाधारविद् डा. सूर्यराज आचार्यले अमेरिकी सहयोग सम्झौता एमसीसी झट्ट सुन्दा सुरुमा आफूपनि उक्त परियोजनाको पक्ष र समर्थनमा रहेको खुलासा गरेका छन् ।

उनले भने,‘एमसीसीलाई लिएर नेपालमा जनमत किन विभाजित भएको छ भने, यसलाई जसरी यसको सुरुवात भयो, झट्ट हेर्दा विकासको यो एउटा अनुदान हो, हामीजस्तो गरिब देशलाई, हाम्रो लामो ७० वर्षदेखिको सम्बन्ध भएको, विकासको साझेदार, अमेरिकाले दिएको भनेपछि म पनि साँच्चै भनौं ऋषिजी, म पनि पहिला सुन्दा म पनि यसको समर्थनमा थिएँ, म आयोजनाको पक्षमा थिएँ, ५० करोड डलर दाताहरुले, त्यो पनि अनुदान, अनुदानपनि हार्डवेयरको, त्यसैले स्वभाविक छ, एकथरीले यो ऋण होईन, अनुदान हो । र, लिनुपर्छ भनेका छन् । यसको म सम्मान नै गर्छु । तर, पछि बुझ्दै जाँदा यो अनुदानमात्रै होईन । यो वैदेशिक सहयोगको प्रकृति छ, यो अरुजस्तो छैन् । अमेरिकाका राजदूतले त यो अनुदान होईन, लगानी हो भन्नुभयो ।’

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले एमसीसी त अमेरिकी रणनीतिक सुरक्षाको अंग भएको सुनाए । उनले वैदेशिक सहयोग सबैको रणनीतिक स्वार्थ हुने गरेको पनि दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्