Logo

अफगानिस्तानमा ५.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, जम्मू–कश्मीर र दिल्लीमा पनि धक्का महसुस



एजेन्सी, २२ माघ। अफगानिस्तान र ताजिकिस्तानको सीमा क्षेत्र केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको छ ।

सीमा क्षेत्रमा शनिबार बिहान ५.७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का भारतको जम्मू–कश्मीर, दिल्ली र आसपासका सहरमा पनि महसुस भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै, उत्तर प्रदेशको नोयडामा पनि भूकम्पको धक्का महसुस भएको छ । भूकम्पका कारण जनधनको क्षतिको कुनै खबर आएको छैन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्