Logo

नेपाल लाइफद्धारा १४ प्रतिशत लाभांश घोषणा



काठमाडौं, २३ माघ । नेपाल लाइफ इन्स्योरेन्सले शेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। शुक्रबार बसेको कम्पनीको बैठकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट १४% बोनस सेयर र कर तिर्न ०.७३% नगद गरी जम्मा १४.७३% लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले प्रस्तावित बोनस सेयर नियामक बिमा समिति र सिद्धार्थको वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गर्ने जनाएको छ ।

अघिल्लो वर्ष कम्पनीले (आर्थिक वर्ष २०७५–७६ को नाफाबाट) भने ३१% बोनस सेयर र २०% नगद लाभांश वितरण गरेको थियो ।

 



प्रतिक्रिया दिनुहोस्