Logo

भारतमा कोरोना संक्रमण दर घट्दै, थप १ लाख ७ हजार भन्दा बढीमा संक्रमण



एजेन्सी, २३ माघ। भारतमा पछिल्लो २४ घण्टामा थप १ लाख ७ हजार ४ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

साेही अवधिमा थप ८ सय ६५ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ५ लाख १ हजार ९ सय ७९ पुगेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । स्वास्थ्य विभागको तथ्यांक अनुसार शनिबार, भारतमा कोरोनाबाट निको हुने दर ९५.९१ प्रतिशत छ । पछिल्लो २४ घण्टामा थप २ लाख १३ हजार २ सय ४६ जना कोरोना संक्रमित निको भएका छन् ।-Photo: Agency

 



प्रतिक्रिया दिनुहोस्