Logo

प्रदेश १ मा मन्त्री थप गरेको विरोधमा प्रदर्शन



विराटनगर, २३ माघ । प्रदेश १ मा मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रालय फुटाएर सरकार विस्तार गरेको भन्दै विरोध गरिएको छ । मुख्यमन्त्री राईले मन्त्रीमण्डल विस्तार गरेको विरोध स्वरुप युवा संघ र अखिलले कोशी राजमार्गअन्तर्गत प्रदेश प्रमुखको कार्यालय अगाडी विरोध प्रदर्शन गरेका हुन् ।

मुख्यमन्त्री राईले सात मन्त्रालय फुटाएर १३ बनाएको युवासंघले आरोप लगाएको छ । मुख्यमन्त्री राईले सत्ता गठबन्धनका दलबाट ८ जनालाई मन्त्रीको शपथ ग्रहण गराउने तयारी गरेका छन्।

मन्त्रीमण्डलमा नेपाली कांग्रेसबाट मोरङका शेखरचन्द्र थापा, झापाका ओम सरावगी र ताप्लेजुङका प्रताप प्रकाश हाङमाङ समावेश हन लागेका छन्।



प्रतिक्रिया दिनुहोस्