Logo

एमसीसीले प्रधानमन्त्री देउवा र प्रचण्डलाई भन्यो : एमसीसीबारे फेब्रुअरीको २८ सम्म निर्णय गराउनुहोस



काठमाडौं २३ माघ । एमसिसीले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पत्र लेख्दै फेब्रुअरी २६ भित्रै एमसीसी परियोजनाबारे निर्णय लिन अल्टिमेटम दिएको छ ।

एमसिसीका कार्यवाहक सिईओ महमोउद बाहले यही फेब्रअरी ३ तारिख अर्थात बिहीबार लेखेको पत्रमा यही फेब्रुअरी २८ सम्म नेपालले एमसिसी सम्झौता संसदबाट अनुमोदन नगरे मार्चमा बस्ने एमसिसी बोर्ड बैठकले सहयोगबारे अर्को कदम चाल्न छलफल गर्ने उल्लेख छ।

गत सेप्टेम्बर २९ मा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डले एमसिसी अनुमोदन गराउन सकारात्मक रहेको भन्दै यसको लागि अझै चार/पाँच महिना पखर्न आग्रह गर्दै पत्राचार गरेका थिए । त्यसको जवाफमा एमसीसीले प्रधानमन्त्री देउवा र प्रचण्डलाई अब फेब्रुअरीको अन्तिमसम्ममात्रै कुर्न सकिने लेखेको छ ।

 



प्रतिक्रिया दिनुहोस्