काठमाडौँ, २३ माघ। प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्रिमण्डल १४ सदस्यीय बनाएका छन् । उनले आज (आइतबार) आठजनालाई नयाँ मन्त्री नियुक्त गरेका हुन् । यसअघि १ राज्यमन्त्रीसहित ६ सदस्यी मन्त्रिपरिषद् थियो । ८ जना नयाँ मन्त्री नियुक्त भएपछि प्रदेश १ मा १४ सदस्यीय मन्त्रिपरिषद् बनेको छ । जसमा १ राज्यमन्त्री र १३ जना मन्त्री छन् । नयाँ थपिएका मन्त्रीले आइतबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् ।
मुख्यमन्त्री नियुक्त भएको ३ महिनापछि राईले गठबन्धनभित्रका कांग्रेस र नेकपा (एकीकृत समाजवादी)बाट ३–३ तथा नेकपा (माओवादी केन्द्र)बाट २ जनालाई आइतबार नयाँ मन्त्री नियुक्त गरेका हुन् ।
यी हुन् मन्त्रीहरुको नामावली
राजेन्द्र कुमार राई–मुख्यमन्त्री, इन्द्रबहादुर आङ्बो -आर्थिक मामिला तथा योजना मन्त्री, हिमाल कार्की- सडक पुर्वाधार तथा शहरी विकास मन्त्री, केदार कार्की- आन्तरिक मामिला तथा कानुन मन्त्री, जयराम यादव- स्वास्थ्य मन्त्री, रामकुमार राई- खानेपानी, सिंचाई तथा उर्जा मन्त्री, राजन राई -सामाजिक विकास मन्त्री, खिनु लङवा(लिम्बु)- पर्यटन तथा संस्कृति मन्त्री, झलक बहादुर मगर -कृषि मन्त्री, शेखर चन्द थापा -वन, वातावरण तथा भु–संरक्षण मन्त्री, ओम प्रकाश सारवागी -उद्योग, श्रम तथा रोजगार मन्त्री, प्रताप प्रकाश हाङगाम- भुमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री, उपेन्द्र प्रसाद घिमिरे -यातायात व्यवस्था तथा सञ्चार मन्त्री, विष्णु तुम्बाहाम्फे- सामाजिक विकास मन्त्री ।