Logo

ओलीसँग हुन लागेको भेटबारे प्रधानमन्त्री देउवासँग प्रचण्डको चासो, फोनमा चर्काचर्की



काठमाडौं, २३ माघ । सत्तापक्षीय पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुबीच खटपट सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले एमसीसीलाई लेखेको पत्र बाहिरिएपछि र एमसीसीले यही फेब्रुअरी २८ तारिखभित्रै एमसीसीबारे निर्णय लिन समयसिमा तोकेर प्रधानमन्त्री देउवा र प्रचण्डलाई लेखेको पत्र बाहिएपछि सत्ता गठबन्धनमा खटपट सुरु भएको छ ।

प्रचण्डले प्रधानमन्त्री देउवासँग पत्र बाहिरिनेबित्तिकै फोन गरेर किन अहिले पत्र बाहिर ल्याएको भनेर सोधेका थिए । जवाफमा देवाले आफूले पत्र सार्वजनिक नगरेको भनेका थिए । बिहानको फोनवार्तामा प्रचण्डले एमालेको सहयोग लिएर एमसीसी पास गराउन भनेका थिए । र, आफूहरु सरकारबाट बाहिरिनेपनि दाहालको भनाई थियो ।

प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नको लागि छलफलका लागि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई बालुवाटार बोलाएपछि प्रचण्डले फेरि प्रधानमन्त्री देउवालाई फोन गरेर चासो राखेको स्रोतको दाबी छ ।

पछिल्लो समय भएको फोनमा प्रचण्डले अहिले ओलीसँग किन भेट्न लाग्नुभएको ? भनेर सोधेको बुझिएको छ । जवाफमा प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनको मिति घोषणाबारे छलफल गर्नको लागि हो भन्दै दाहाललाई पनि बैठकमा सहभागी हुन आग्रह गरेका थिए । तर, दाहालले माधव नेपालबिना आफू छलफलमा नआउने जवाफ दिएको स्रोतको दाबी छ । file photo



प्रतिक्रिया दिनुहोस्