Logo

मेडिकल काउन्सिलको विशेष परीक्षाको नतिजा प्रकाशित, ७७ प्रतिशत उत्तिर्ण



काठमाडौं, २३ माघ । नेपाल मेडिकल काउन्सिलले विशेष परीक्षाको नतिजा प्रकाशन गरेको छ । काउन्सिलले ४८ विधाका विशेष परीक्षामा ७२३ जना सहभागी भएको परीक्षामा ५५५ जना उत्तिर्ण र १६८ जना अनुत्तिर्ण भएको जानकारी दिएको छ ।

माघ २१ र २२ गते ४८ विधामा विशेष परीक्षा सञ्चालन गरेको परीक्षामा ७७ प्रतिशत उत्तिर्ण भएका र ११ जना भने अनुपस्थित भएको काउन्सिलले जनाएको छ। परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीहरुले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र दर्ता प्रमाणपत्रका लागि अनलाइन आवेदन दिनुपनि काउन्सिलले आग्रह गरेको छ । आवेदन मितिले १५ कार्यदिन पछि प्रमाण पत्र तयार हुने जनाइएको छ ।

परीक्षाको नतिजामा चित्त नबुझेमा परीक्षार्थीले १५ सय रुपैयाँ दस्तुर बुझाई परीक्षार्थीको नाम, रोल नम्बर स्पष्ट लेखी काउन्सिलको इमेलमा आवेदन दिन सक्ने जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्