Logo

एमसीसी संसदमा पेश गर्ने सरकारको तयारीबारे सभामुखलाई जानकारी



काठमाडौं, २३ माघ । सभामुख अग्निप्रसाद सापकोटालाई कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले भेटी एमसीसी प्रतिनिधि सभाको बैठकमा पेश गर्ने तयारीबारे जानकारी गराएका छन् । उनले आज सभामुखलाई सिंहदरबारस्थित कार्यकक्षमा भेटी त्यसबारे जानकारी गराएका हुन् ।

बडूले एमसीसी प्रतिनिधिसभाको आगामी बैठकमा पेश गर्ने तयारीबारे भनेका थिए । उनले त्यसका लागि प्रक्रिया मिलाउन भनेका थिए ।

सभामुख सापकोटाले भने प्रतिनिधि सभाको बैठकमा अवरोध भइरहेको विषय राखेका थिए । दलहरुले बैठक नियमित गर्ने पहल गर्नुपर्ने भनेका थिए । उनले एमसीसीबारे दलहरुबीच सहमतिमा समेत जोड दिएको बुझिएको छ ।

प्रधानमन्त्री देउवा एमसीसी पारित गर्न अगाडि बढिरहँदा कानूनमन्त्री बडूले सभामुख सापकोटालाई भेट्नुलाई अर्थपूर्ण मानिएको छ । माओवादी अध्यक्ष एमसीसी पारित गर्न तयार नभए सापकोटाले एमसीसी टेबुल नगर्ने आँकलन गरिएको छ । सापकोटाले विगतमा पनि एमसीसीबारे राष्ट्रिय सहमति या गठबन्धनबीच सहमतिमा जोड दिएका थिए ।

एमसीसी टेबुल गर्न नमाने देउवाले ओलीसँग मिलेर सभामुख सापकोटालाई हटाउने प्रस्ताव समेत ल्याउने तयारी गरेको चर्चा छ । यसले राजनीतिमा नयाँ तरंग ल्याएको छ ।



प्रतिक्रिया दिनुहोस्