Logo

देउवा, ओली र प्रचण्डको भेटवार्तामा के के भयो ?



काठमाडौं, २३ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सकिएको छ । बालुवाटारमा २ घन्टा चलेको भेटवार्तामा एमसीसीको बारेमा गम्भीर छलफल भएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए ।

बैठकमा देउवाले एमसीसी पारित गर्न सबै सहमत हुनुपर्ने प्रस्ताव राखेका थिए । उनले सदन पनि सुचारु गराउने र एमसीसी पनि पारित गर्ने विषय राखेका थिए ।

बैठकमा सहभागी एमाले महासचिव पोखरेलले प्रचण्डले एमसीसी चुनाव पछि मात्र एमसीसीबारे निर्णयमा पुग्ने गरी जान प्रस्ताव गरेको बताए । सदन सुचारु गराउन सहयोग गर्न प्रमुख प्रतिपक्षीले सहयोग गर्न प्रचण्डले आग्रह गरेको उनको भनाई थियो ।

एमालेले भने एमसीसीबारे सत्ता पक्षको स्पष्ट धारणा आउनुपर्ने विषय राखेको पोखरेलले बताए । उनले भने, ‘यो विषयमा सत्ता पक्ष पहिले स्पष्ट होस् भन्ने हाम्रो राय हो ।’



प्रतिक्रिया दिनुहोस्